जम्मू–कश्मीर घटना प्रकरण : आक्रमणको निष्पक्ष जाँचका लागि सहयोग गर्न तयार रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

 वैशाख १४, २०८२ आइतबार ६:४३:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको निष्पक्ष जाँचमा सहयोग गर्न आफू तयार रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताउनुभएको छ ।

पहलगाममा भएको आक्रमणपछि भारतले निराधार आरोप लगाएको प्रधानमन्त्री शरिफले बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले निराधार आरोपको शृङ्खला बन्द हुनुपर्ने समेत बताउनुभएको छ । उहाँले सेना सीमाको रक्षाका लागि तयार रहेको र यसका लागि कुनै पनि गलत कदम हुन नहुनेमा जोड दिनुभएको छ ।

आफूहरु शान्ति चाहने तर यसलाई कमजोरीका रुपमा नलिनसमेत पाकिस्तानी प्रधानमन्त्रीले चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

गएको मङ्गलवार जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो  । यसपछि भारतले पाकिस्तानसँग सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी बोर्डर बन्द गर्नेलगायतका निर्णय गरेको छ ।

बदलामा पाकिस्तानले पनि केही नयाँ कदमहरु लिएको छ । हिजो पनि दुईपक्षबीच सीमा क्षेत्रमा गोली हानाहानका घटना भएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया