बङ्गलादेशका क्रिकेटर त्वहिदलाई चार खेलको प्रतिबन्ध
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । याेसँगै लिभरपुलको २०औँ पटककाे उपाधि हाे ।
गएराति भएको खेलमा टोटेनहम हटस्परलाई ५–१ गोलले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम पाँच खेलबाट एक अङ्क मात्र आवश्यक थियो ।
३४ खेलमा ८२ अङ्कसहित शीर्ष स्थानको लिभरपुलले समान खेलमा ६७ अङ्क बनाएको आर्सनललाई १५ अङ्कले पछि पार्यो । टोटेनहम लगातार हारसँगै ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ ।
गएराति भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । बोर्नमाउथ ३४ खेलमा ५० अङ्कसहित दशौँ स्थानमा र समान खेलमा युनाइटेड ३९ अङ्कसहित तालिकाको १४औं स्थानमा रह्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।