१७ अर्ब ८६ कराेड रुपैयाँभन्दा धेरै अवैध कारोबार, ८ जिल्लाबाट...
बैशाख १५, २०८२ सोमबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन शुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन शुरु गरेको हो ।
राप्ती नदी क्षेत्रमा गएको चैत १ गतेदेखि यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन शुरु गरिएको उहाँको भनाइ छ ।
गएको वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गएको वर्ष २ सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको थियो ।
निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।