शेयर बजार १४.५३ अङ्कले घट्याे, ८ अर्ब ९१ कराेड रुपैयाँकाे काराेबार

 वैशाख १५, २०८२ सोमबार १५:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५३ अङ्घले घटेर २ हजार ६ सय ४७ दशमलव ०७ विन्दुमा झरेको छ ।

आज फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ८७ करोडको कारोबार भएकोमा ३ सय २७ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ८ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया