बङ्गलादेशका क्रिकेटर त्वहिदलाई चार खेलको प्रतिबन्ध
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) शीर्ष स्थानमा उक्लिएको छ । हिजोको खेलमा दिल्ली क्यापिटल्सलाई छ विकेटले हराएर आरसीबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
दिल्लीले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको आरसीबीले १८ ओभर तीन बलमा चार विकेट गुमाएर पूरा गर्यो । दिल्लीका केएल राहुलले ४१ र ट्रिस्टान स्टब्सले ३४ रन बनाए । अभिषेक पोरेले २८ रन जोडे । आरसीबीका भुवनेश्वर कुमारले तीन र जोश हेजलउडले दुई विकेट लिए ।
त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर फिल्डिङ रोजेको आरसीबीले एक सय ६५ रन बनाएको थियो । आरसीबीका क्रुनाल पाण्ड्याले सबैभन्दा धेरै ७३ र विराट कोहलीले ५१ रन बनाए । दिल्लीका अक्षर पटेलले दुई विकेट लिए । १० खेलबाट १४ अङ्क बनाउँदै आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ खेलमा १२ अङ्कसहित दिल्ली चौथो स्थानमा छ ।
यसअघि हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ । मुम्बईले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर एक सय ६१ रन मात्र बनाउन सक्यो । लखनउका लागि आयुष बोधानीले सर्वाधिक ३५ रन बनाए । मुम्बईका जसप्रति बुमराहले चार र ट्रेन्ट बोल्टले तीन विकेट लिए ।
त्यसअघि मुम्बईका ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इन्डियन्सले सात विकेट नोक्सानीमा दुई सय १५ रन बनाएको थियो । रायनले सर्वाधिक ५८ र सूर्य कुमारले ५४ रन बनाए । लखनउका मयङ्क यादव र आभेष खानले समान दुई विकेट लिए ।
आइपीएलमा मुम्बईको १२ अङ्कसहित तेस्रो स्थानमा रहँदा १० अङ्कका साथ लखनउ छैटौं स्थानमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।