बङ्गलादेशका क्रिकेटर त्वहिदलाई चार खेलको प्रतिबन्ध
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।
सूचीमा पाँच कृति छन् । गुठीलाई प्राप्त तीन सय १३ पुस्तकहरूबाट छनौटमा परेका सूचीमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष–२०७९ को मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।
छनौट भएका पुस्तकहरू :
इजोरिया– सुबिन भट्टराई
ऐँठन–विवेक ओझा
चक्रव्यूहमा नेपालको जलस्रोत– द्वारिकानाथ ढुङ्गेल
थाङ्ग्रा–प्रगति राई
माटाको घर–सञ्जय विष्ट
२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।
मदन पुरस्कार गुठीले २०७२ सालदेखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दश वटाको श्रेष्ठ सूची सार्वजनिक गर्दै आएको छ । २०७५ सालदेखि पुरस्कार राशी चार लाख रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।