अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
कपिल न्यौपाने
प्रश्नः मेरो लट नम्बर २२४६८५ हो। यूएई जान कति समय लाग्छ होला। सबै लगानी कम्पनीले दिन्छ कि दिँदैन ? उडान कहिले हुन्छ ?
उत्तरः कपिल जी, नेपाल र यूएईबीच भएको समझदारी अनुसार यूएई जान लाग्ने सबै रकम रोजगारदाता कम्पनीले दिन्छन्। तपाईँले भिसा, टिकट लगायत कुनै पनि बहानामा पैसा तिर्न पर्दैन। तर कल्याणबारी कोष र बिमा गरे बापत लाग्ने रकम भने तिर्न छ। तपाईँले पठाउनुभएको लट नम्बरको आधारमा खोज्दा यूएईको अल मनसोर इन्टरप्राइजेज एलएलसी कम्पनीमा मेसन, कार्पेन्टर लागयतको काममा कामदारको माग छ। यो कम्पनीमा पठाउनका लागि आयुष इन्टरनेशनल ओभरसिज् सर्भिसेजले पूर्व स्वीकृति लिएको छ। तपाईँ कुन काममा जान थाल्नुभएको हो। त्यही अनुसार थप जानकारी तपाईँले म्यानपावरमार्फत लिनुहोला।