करेन्ट लागेर मकवानपुरमा नेपाली सेनाका लेसनायकको ज्यान गयो, दुई जना घाइते

 कात्तिक २२, २०८१ बिहीबार १७:५७:५ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्वीर

मकवानपुर – करेन्ट लागेर मकवानपुरमा नेपाली सेनाका लेसनायकको ज्यान गएको छ । करेन्ट लाग्दा अरू दुई जना घाइते भएका छन् ।

करेन्ट लागेर डँडेलधुराको गन्यापधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भीमफेदी गाउँपालिका–८ दोभानमा रहेको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा डिउटीमा रहेको समयमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाई–टेन्सन बिजुलीको तारमा पाइपले छुँदा दियाललाई करेन्ट लागेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

यस्तै करेन्ट लागेर घाइते भएका डँडेलधुराको अमरगढी नगरपालिका–२ घर भएका लेसनायक विनोद केसी र पाल्पाको रामपुर नगरपालिका–६ घर भएका नेपाली सेनाका सिपाही युवराज कुमाललाई उपचारका लागि आर्मी अस्पताल छाउनी काठमाण्डौ पठाइएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया