पाकिस्तानको दबाबमा अफगानिस्तानका नागरिक धमाधम स्वदेश फर्किन थाले

 चैत २६, २०८१ मंगलबार ९:५०:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पछिल्लो समय हजारौं अफगानीहरूले पाकिस्तानबाट सीमा पार गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानले गएको महिना अफगान नागरिक कार्ड (एसीसी) बोकेका झण्डै  आठ लाख अफगानीहरूलाई देश छोड्नका लागि समयसीमा तोकेको थियो । पाकिस्तानले यही अप्रिलमा उनीहरुले स्वदेश फर्किसक्नुपर्ने भन्दै दबाब दिएको थियो ।

पछिल्लो दुई दिनमा आठ हजार २५ जना कागजातविहिन र एसीसी होल्डरहरु तोरखाम र स्पिन बोल्डक सीमा पार गरेका राष्ट्रसङ्घले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

शरणार्थी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले पाकिस्तानलाई अफगानीहरूलाई जबर्जस्ती देश निकाला नगर्न आग्रह गरिरहेको र दुवै देशबीच सहमतिसहितको उचित संयन्त्र बनाइ उनीहरूलाई सम्मानका साथ फिर्ता गरिनुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार झण्डै ३० लाख अफगानीहरू पाकिस्तानमा बस्छन् र तीमध्ये धेरै आफ्नो देशमा दशकौंको युद्ध र सन् २०२१ मा काबुलमा तालिबानको सत्ता फर्केपछि त्यहाँबाट भागेका व्यक्ति हुन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया