आन्दोलनरत शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको महासङ्घद्वारा विरोध

 वैशाख १५, २०८२ सोमबार ९:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – शिक्षक महासङ्घले आन्दोलनरत शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको विरोध गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर गरिरहने बताउनुभएको छ ।

महासङ्घको नेतृत्वमा गएको चैत २० गतेदेखि निरन्तर भइरहेको आन्दोलनमा हिजो झडप भएको थियो । झडपमा ६० जनाभन्दा धेरै शिक्षक तथा कर्मचारी घाइते भएका महासङ्घले जनाएको छ । प्रहरीले भने २६ जना घाइते भएको उल्लेख गरेको छ । आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सबिना कार्की पनि घाइते हुनुभएको छ । उहाँको आँखामा गम्भिर चोट लागेकाले उपचार भइरहेको छ ।

यसैबीच शिक्षक महासङ्घले आन्दोलनलाई माग पूरा नभएसम्म नरोक्ने भन्दै आज पनि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन शिक्षकहरुलाई आह्वान गरेको छ । शिक्षकका जायज माग सरकारले पूरा गर्न र बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न विज्ञहरुले सुझाव दिंदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया