अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौको बल्खुमा सभा गर्दैछ । दिउँसो ११ बजेदेखि जुलुस शुरू हुने र १२ बजेदेखि सभा शुरू गर्ने राप्रपाले जनाएको छ ।
सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । राप्रपाले बल्खुमा आज हुने सभा शान्तिपूर्ण र मर्यादित हुने बताएको छ ।
यसअघि चैत १५ राप्रपाका नेताहरुसमेतको सहभागितामा राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको आजको सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी हुने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।