शिक्षकहरूले दिउँसै बत्ती बालेर सरकार खोजे (तस्वीरहरू)

 चैत २६, २०८१ मंगलबार १४:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाण्डाैमा प्रदर्शन गरिरहेका शिक्षकहरूले आज दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।

शिक्षकहरूले अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले चैत २० गतेदेखि काठमाण्डाैमा प्रदर्शन गर्दै आएका हुन् ।

सरकारले वार्तामा बोलाइरहेपछि ऐन जारी गर्ने अवस्था नआएसम्म शिक्षकहरू वार्तामा नजाने अडानमा छन् । यो निर्णायक आन्दोलन भएको र यस पटक ऐन जारी नभई नफर्कने उनीहरूको भनाइ छ ।

शिक्षकहरूले हिजोदेखि देशव्यापी शैक्षिक हडतालसमेत शुरू गरेका छन् । यस बेला वार्षिक परीक्षा सकिएर पढाइ शुरू नभएको अवस्था भए पनि आन्दोलनका कारण विद्यालय भर्ना अभियान तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा तयारीमा समस्या आएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया