चीनबाट आयात हुने सामानमा अमेरिकी कर १०४ प्रतिशत पुग्यो

 चैत २७, २०८१ बुधबार ९:२६:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले चीनबाट आयात हुने सामानमा कर बढाउँदा पाकिस्तानमा एउटा आईफोनको मूल्य १० लाख पाकिस्तानी रुपैयाँसम्म पुग्ने भएको छ ।

आईफोनलगायतका धेरैजसो अमेरिकी ब्राण्डका उत्पादनहरू चीनमा निर्माण हुने भएकाले चीनमाथि लागेको करले ती सामानको मूल्यमा प्रत्यक्ष असर पार्ने देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा उच्च भन्सार शुल्क लगाउने नीति अघि सारेपछि वस्तु मूल्यमा असर पर्न थालेको हो । यसैबीच अमेरिकाले चीनबाट आयात हुने सामानमा जम्मा १०४ प्रतिशत आयात शुल्क लगाएको बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले चीनमाथि २० प्रतिशत कर लगाइसक्नु भएको थियो भने अहिले थप ५० प्रतिशत अतिरिक्त कर लगाइएको छ ।

ह्वाइट हाउसले एक आधिकारिक कागजातमार्फत चीनको अमेरिका विरुद्धको कदमको जवाफमा यस्तो निर्णय गरिएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सोमवारमात्रै चीनले अमेरिकी सामानमा लगाएको आयात शुल्क फिर्ता  लिए थप ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको थियो ।

यो व्यापार युद्धको असर भारत, पाकिस्तानलगायतका दक्षिण एशियाली देशहरूमा पनि पर्ने अनुमान गरिएको छ । यस्ता देशहरुमा विदेशी प्रविधि उत्पादनहरूको मूल्यमा धेरै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया