अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – हङकङमा आजदेखि शुरू भएको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा सहज जीत हासिल गर्दै नेपालले विजयी शुरूवात गरेको हो ।
कतारले दिएको एक सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे । आसिफ शेखले ३३ रन बनाए । बसिर अहमद ३० रनमा अविजित रहे ।
कतारका मुजीब उर रेहमानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । कतारका कप्तान इक्रमुल्लाह खानल ५४ रन बनाए ।
नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए ।
प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने छ । प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।