अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख रुपैयाँ दिने

 चैत २७, २०८१ बुधबार १८:२६:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकाको जयगढ बजारमा गएराति भएको आगलागीका पीडितलाई तत्काल ५० लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहले जयगढ बजारमा भएको आगलागीबाट प्रभावित एवम् पीडितलाई राहत र पुनर्निर्माणका लागि पालिका, सरकार, सङ्घ–संस्था र दातृ निकायलाई सहयोगका लागि अपील पनि गर्नुभएको छ ।

प्रदेश सरकारले आगलागी भएको क्षेत्रको स्थलगत अवस्था बुझ्नका लागि प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई खटाएको छ ।

अछाम सदरमुकाम मङ्गलसैनबाट उत्तरपूर्वी दिशातर्फ रहेको जयगढ बजारमा गएराति भएको आगालागीबाट १० कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर तथा एक सभाहल जलेर नष्ट भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयो । आगलागीबाट सात करोड ५४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया