शेयर बजार १४.५३ अङ्कले घट्याे, ८ अर्ब ९१ कराेड रुपैयाँकाे का...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – चारदेशीय टी–२० शृङ्खलामा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ । हङकङको मङ कोकमा रहेको मिसन ग्राउन्ड रोडमा भएको आजको खेलमा कुवेतले ८ विकेट गुमाएर १८५ रन बनायो ।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले ३५ र बिलाल तहिरले ३२ रन जोडे । नेपालका सोमपाल कामीले तीन विकेट लिए । नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भूर्तेलले समान एक विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा हिजो कतारलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल पर्सि शनिवार हङकङसँग खेल्नेछ । त्यसपछि चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ ।
शृङ्खलामा नेपाल, हङकङ, कतार र कुवेत सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।