अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ कर नीति स्थगन गरेपछि एशियाली शेयर बजार बढ्यो

 चैत २८, २०८१ बिहीबार १२:३०:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा ट्यारिफ नाम दिएर ल्याउनुभएको नयाँ कर नीतिको कार्यान्वयन ९० दिनका लागि स्थगन गरेपछि एशिया–प्रशान्त क्षेत्रको शेयर बजार बढेको छ ।

जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको शेयर बजारमा शुरुआती कारोबारमा उछाल देखिएको छ । जापानको २२५ सूचकाङ्कको शुरूआती कारोबारमा ८ प्रतिशतभन्दा बढीले बढ्यो ।

दक्षिण कोरिया र अस्ट्रेलियाको २०० सूचकाङ्कमा लगभग ५ प्रतिशतको वृद्धि भएको बीबीसीले जनाएको छ । अमेरिकी शेयर बजार पनि उकालो लागेको छ । ट्रम्पको निर्णयानुसार पहिलेको १० प्रतिशत आयात कर भने यथावतै रहेको छ ।

धेरै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहेका कारण पनि हिजो बेलुकादेखि नै भनिएको भन्सार करको निर्णय तत्कालका लागि स्थगित भए पनि चीनबाट अमेरिका पुग्ने सामानमा लगाइएको करको दायरा भने १२५ प्रतिशत हुने भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया