अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको बताउँदै आउनुभएको छ । उहाँ निकट प्रध्यापकहरू प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको बताउँछन् ।
बराल २०८० साल फागुन १० गते उपकुलपति नियुक्ति हुनुभएको हो । उहाँलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गर्नुभएको थियो ।
त्रिवि ऐनमा उपकुलपति नभए रेक्टरलाई तीन महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने र त्यस अवधिमा सिफारिश समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।