वैशाख ५ गते नेपाल आउने भए कार्लोस

 चैत २९, २०८१ शुक्रबार ७:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले कार्लोस आउने पक्का भएको हिजो जानकारी दिएको हो ।

एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने भएका हुन् ।

उनका अनुसार कार्लोस वैशाख ६ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने पहिलो क्वालिफायर खेलको प्रमुख अतिथि रहनेछन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया