आफू अतिथि भएको कार्यक्रम बहिष्कार गरेको भन्दै ऊर्जा राज्यमन्त्रीद्वारा सचिवसँग स्पष्टीकरण माग

 चैत २९, २०८१ शुक्रबार ९:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोध्नुभएको छ । आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै उहाँले सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।

राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण बुझाउन भन्दै हिजो लेखेको पत्रमा गएको सोमवार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरेको उल्लेख छ ।

‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाईसमेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?’ स्पष्टीकरणमा सोधिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया