शेयर बजार १४.५३ अङ्कले घट्याे, ८ अर्ब ९१ कराेड रुपैयाँकाे का...
बैशाख १५, २०८२ सोमबार
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरमा गएको चैत २४ गतेदेखि भएको खो-खो लिग चरणको खेल प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, नाराका साथ नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिकामा खो-खो लिग चरणको आयोजना भएको थियो ।
पाँच दिनसम्म सञ्चालित प्रथम नेपाल खो-खो लिगमा ५ टिमबीच प्रतिस्पर्धा भएको थियो । लिग खेलमा नेचर नेष्ट टाइगर्स (ठाकुरबाबा) प्रथम तथा विकासप्रेमी ब्ल्याक बक (बर्दिया) द्वितीय र कन्चन गैँडहवा (रुपन्देही) तृतीय हुन सफल भएका छन् ।
प्रथम हुन सफल नेचर नेष्ट टाइगर्सले शिल्डसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो हुन सफल विकासप्रेमी ब्ल्याक बक (बर्दिया) ले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको खो-खो सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिका खो-खो खेलका लागि उर्बर भूमि मानिन्छ । २०७० सालदेखि ठाकुरबाबा नगरपालिकामा खो-खो खेलको प्रवर्द्धन गर्न शुरू गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।