आन्दोलनरत शिक्षक–कर्मचारीले सडकमै नयाँ वर्ष मनाउने

 वैशाख १, २०८२ सोमबार १२:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताउनुभयो ।

नयाँ वर्षको शुरूको आजको दिन पनि विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलन गर्न लागेको उहाँको भनाइ छ ।

शिक्षकहरूले यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित १३ दिनदेखि काठमाण्डौमा आन्दोलन गरिरहेका छन् ।

यसैबीच नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलन थप सशक्त बनाउनका लागि सहभागिता जनाउन सबै जिल्लाका विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त रूपमा विज्ञप्ति निकालेर ७७ वटै जिल्लाका अध्यक्ष तथा सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई ‘मेरो आन्दोलन, मेरो सहभागिता’ भन्ने भावनासहित अनिवार्य रूपमा आन्दोलनमा उपस्थित हुन आह्वान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया