निजीका आवासीय डाक्टरलाई निर्णय भएको मितिदेखि नै सरकारी सरह ...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले झापा एफसीलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोस्रो खेलमा धनगढीले झापालाई १–० ले पराजित गरेको हो । योसँगै लगातार तेस्रो खेल जितेको धनगढी प्लेअफमा प्रवेश गरेको छ ।
शीर्ष स्थानमा रहेको धनगढीले पाँच खेलबाट ११ अङ्क पुर्याएको छ । धनगढी प्लेअफमा पुग्ने दोस्रो टोली हो ।
यसअघि नै समान अङ्क भएको साबिक विजेता ललितपुर सिटी एफसी प्लेअफमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा झापाले भने हिजो पहिलो हार बेहोरेको हो । यसअघिका चार खेलमा झापाले बराबरी खेलेको थियो ।
हिजोको पहिलो खेलमा काठमाण्डौ रेजर्स एफसीले एफसी चितवनलाई २–० गोलले हराएको थियो । काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चितवन ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा छ ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा एफसी र बुटवल लुम्बिनी खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।