ललितपुरकाे मङ्गलबजारमा ११ वर्षीया बालिकाकाे हत्या प्रकरणमा दाजु पक्राउ

 वैशाख २, २०८२ मंगलबार १७:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – ललितपुरको मङ्गलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मङ्गलबजार बस्ने भगवती बोहराले आफ्नी छोरी दुर्गा गएको चैत ४ गतेदेखि हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिनुभएको थियो ।

निवेदनका आधारमा खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका–९ खपिन्छेँमा रहेकाे बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा बझाङको सुर्मा गाउँपालिका–४ घर भएकी बालिकाको शव सडेको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा दाइकै संलग्नता खुलेसँगै उनलाई पक्राउ गरिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया