राष्ट्रपतिबाट सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान

 वैशाख ३, २०८२ बुधबार १३:५५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।

हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । गएको माघ १८ गते शुरू भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गएको चैत १९ गते अन्त्य गर्नुभएको थियो ।

शिक्षकको माग अनुसार विद्यालय शिक्षा ऐन जारी पनि गर्ने लक्ष्यसहित सरकारले बजेट अधिवेशन आह्वानकाे सिफारिश गरेको हो । हिजो मन्त्रिपरिषद् बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया