बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतकाे आदेश

 वैशाख ३, २०८२ बुधबार १५:९:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – उच्च अदालत तुलसीपुर दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरमा रहेको बबई नदीमा हुँदै आएको मोटरबोट सञ्चालकसहित उपमहानगरपालिकालाई १५ दिनमा कारण पेश गर्न आदेश गरेको छ ।

बबई नदीमा चैतको अन्तिम हप्तादेखि शुरू भएको मोटर बोटिङ रोक्न स्थानीय प्रशासनले लिखित आदेश जारी गरेकै दिन अदालतले कारणसहित उपस्थित हुन भनेको हो । तुलसीपुर–११ का युवा रोहित न्यौपानेले अनधिकृत रूपमा बबईमा अस्थायी प्रकृतिको बाँध बाँधेर सम्बन्धित ठाउँबाट कुनै अनुमति नलिई मोटरबोट सञ्चालन गर्दै आएको हुँदा त्यो रोकिनुपर्ने माग गर्नुभएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि हिजो लिखित आदेश जारी गर्दै मोटरबोट सञ्चालन रोक्न आदेश दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया