निजीका आवासीय डाक्टरलाई निर्णय भएको मितिदेखि नै सरकारी सरह ...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – हिजो २७ अङ्कले बढेको शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ०१ अङ्कले बढेर २ हजार ६ सय ९६ दशमलव २३ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, होटल, लगानी, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज जलविद्युत् समूहको शेयर १ दशमलव ६३ र विकास बैंक समूहको शेयर १ दशमलव ११ प्रतिशतले उकालो लागेको छ ।
आज कर्पाेरेट विकास बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुँरास लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।