सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न पर्साका राजनीतिक दलको आग्रह

 वैशाख ४, २०८२ बिहीबार ९:२९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

जिल्लाका आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिको हिजो बसेको बैठकले सदियौँदेखि समाज आपसी भाइचारा, सामाजिक र धार्मिक सद्भावसँग मिलेर बसेको हुनाले यसलाई खण्डित गर्ने अभिव्यक्ति, टिप्पणी कुनै पनि पक्षबाट नगर्न आग्रह गरेको हो ।

हनुमान जयन्तीको शोभायात्रामा भएको घटनाबाट विगत केही दिनदेखि वीरगञ्ज महानगर आसपासका क्षेत्रमा भइरहेको सामुदायिक विवाद, आपसीद्वन्द्व र मनमुटावप्रति सर्वदलीय बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया