शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै डेढ महिनापछि १० अर्ब रुपैयाँको कारोबार

 वैशाख ४, २०८२ बिहीबार १५:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर र बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ३७ लाख कित्ता शेयर १० अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै डेढ महिनायताकै उच्च हो । यसअघि गएको फागुन २१ गते १० अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया