गण्डकी प्रदेशको 'लाइफलाइन' पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा
बैशाख १५, २०८२ सोमबार
सुडानका अर्धसैनिक र नियमित सेनाबीच भएको झडपमा अल–फासेरको डार्फर शहरमा ५७ जना नागरिकको ज्यान गएको छ ।
सेनासँगको युद्धमा अर्धसैनिक र्यापिड फोर्सेस (आरएसएफ) ले सेनाले नियन्त्रणमा लिएको डार्फर शहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा आरएसएफले गरेको आक्रमणमा केही दिन अघि मात्र चार सयभन्दा बढीको ज्यान गएको थियो ।
आरएसएफ र सेनाबीच सन् २०२३ देखिको युद्धमा परेर सुडानमा नागरिकले ज्यान गुमाउने क्रम बढ्दो छ ।
सेनाको नियन्त्रणमा रहेको डार्फरका विभिन्न शहर आफ्नो घेराबन्दीमा पार्न आरएसएफले एक वर्षभन्दा लामो समयदेखि प्रयास गरिरहेको छ ।
गएको महिना सेनाले राजधानी खार्तुमलाई पुन कब्जा गरेपछि आरएसएफले डार्फर शहरमा आक्रमण बढाएको छ । यो युद्धले दशौं हजारको ज्यान लिएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।