अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – शिक्षा विधेयक यथासक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरुले गरिरहेका सडक आन्दोलनले आज १७ औं दिन पनि निरन्तरता पाउने भएको छ ।
शिक्षकहरुले दिउँसो १२ बजे माइतीघर मण्डलाबाट विरोध सभा शुरू गरी ३ बजे बानेश्वरमा पुगेर समापन गर्ने बताएका छन् ।
आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।
शिक्षकहरू नै सहभागी नहुने भएपछि कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताउनुभयो ।
आन्दोलनका कारण परीक्षा सञ्चालनबारे अन्योल बढेको भन्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरुलाई अनुरोध गरेको छ ।
बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरुलाई आग्रह गरेको हो ।
नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्कार गरी आन्दोलन गरिरहेका छन् ।
संसद्को शिक्षा समितिअन्तर्गतको उपसमितिले अहिलेसम्म विद्यालय शिक्षा विधेयकका ७६ दफा पारित गरेको छ । १६३ दफा रहेको विधेयकका ७६ दफामा छलफलपछि सहमति गर्दै पारित गरेको हो ।
त्यस्तै २० दफामा भने छलफल गरे पनि पारित हुन बाँकी रहेको समितिले जनाएको छ । उपसमितिमा हरेक दिन विधेयकमाथि ४/५ घण्टा छलफल हुँदै आएको छ । सरकारले यही वैशाख १२ गते संसद्को अधिवेशन बोलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।