अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो अमेरिका भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुभएको छ ।
भेटका क्रममा जर्जिया मेलोनी र ट्रम्पले अमेरिका र युरोप बीचको सम्भावित व्यापार सम्झौताको बारेमा कुराकानी गर्नुभएको बीबीसीले जनाएको छ । ट्रम्पले भने व्यापार सम्झौता निश्चित र निष्पक्ष हुने बताउनुभएको छ । सम्झौतामा पुग्ने कुरामा मेलोनी पनि आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको छ ।
यही अप्रिलको शुरूमा अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै देशहरूमा पारस्परिक शुल्क लगाएकामा चीनबाहेक सबै देशहरूलाई ९० दिनको अस्थायी छुट दिँदै पारस्परिक भन्सारलाई समान रूपमा १० प्रतिशतमा घटाउनु भएको छ ।
ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाएपछि र त्यसपछि ९० दिनको लागि निलम्बन गरेपछि मेलोनी अमेरिका भ्रमण गर्ने पहिलो युरोपेली नेता हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।