इजरायलको नयाँ युद्धविराम प्रस्ताव हमासले अस्वीकार गर्‍याे

 वैशाख ५, २०८२ शुक्रबार १२:८:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले ल्याएको नयाँ युद्धविराम प्रस्तावलाई प्यालेस्टाइनी विद्रोही समूह हमासले अस्वीकार गरेको छ ।

हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भिडियो सन्देशमार्फत युद्धविराम प्रस्ताव औपचारिक रूपमै अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

इजरायलको युद्ध विराम प्रस्तावमा प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा मात्र रहेको हमासको आरोप छ ।

इजरायलले अगाडि सारेको नयाँ प्रस्तावमा १० जना बन्धकको रिहाइको सट्टामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको थियो । तर हमासले युद्ध समाप्त भए मात्रै युद्धविराम गर्ने प्रतिक्रिया दिएको छ । सबै बन्धकहरूको रिहाइको सट्टामा युद्ध समाप्त गर्नेुपर्ने हमासको माग छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया