निजामती विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल शुरू

 वैशाख ५, २०८२ शुक्रबार १५:१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – निजामती विधेयकलाई टुङ्गो लगाउने गरी गठन भएको उपसमितिले बुझाएको प्रतिवेदनमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल शुरू भएको छ ।

नेपाली कांग्रेसका सांसद एवम् उपसमितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित उपसमितिले विधेयकलाई टुङ्गोमा पुर्‍याएर समितिलाई गएको चैत २० गते प्रतिवेदन बुझाएको थियो । आजको बैठकमा उपसमितिका संयोजक बडूले प्रतिवेदनबारेमा समितिका सभापति र सदस्यलाई जानकारी गराउनुभयो ।

प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सांसद हृदयराम थानीले भोलिका दिनमा कर्मचारी सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुनेमा जोड दिनुभयो ।

नेकपा एमालेका राजेन्द्रकुमार राईले ट्रेड युनियन नेतृत्वले आफ्ना माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएको अवस्थामा यसलाई व्यवस्थित र परिपक्व बनाउनुपर्ने बताउनुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामती कर्मचारीमा अतिरिक्त सचिव आवश्यक नरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया