अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – सङ्घीय निजामती ऐन जारी गर्नुपर्ने मुख्य मागसहित सङ्घर्ष थालेका निजामती कर्मचारी आबद्ध विभिन्न सङ्घ–सङ्गठनले राज्य व्यवस्था समितिलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी न्यौपाने दाहालसहितको टोलीले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
ज्ञापनपत्रमा निजामती कर्मचारीको परिभाषामा सङ्घ, प्रदेश र पालिकामा कार्यरत सबै कर्मचारीलाई समेट्नुपर्ने, तीन तहको अन्तरसम्बन्ध कायम हुने गरी पेशागत हकहित र अधिकारका लागि सङ्गठित हुन कार्यालय प्रमुख हुनेबाहेक शाखा अधिकृत वा आठौं तहसम्मका कर्मचारी सदस्य हुन पाउने गरी सामूहिक सौदाबाजीसहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनु पर्नेलगायत माग गरिएको छ ।
आफ्ना मागमा सरकार र संसद् उदासिन भई सुनुवाइ नगरे संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने र त्यसको जिम्मेवार संसद् र सरकार हुने उनीहरुको चेतावनी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।