शिक्षकहरुलाई नेतृ रामकुमारी झाँक्रीको प्रश्न : ऐन सडकबाट पास हुने हो र ?

 वैशाख ६, २०८२ शनिबार १२:३७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनको आलोचना गर्नुभएको छ ।

ऐन सडकबाट पास हुने हो ? भन्दै उहाँले सामाजिक सञ्जालमार्फत शिक्षकहरूको रमिता धेरै भएको टिप्पणी गर्नुभएको छ ।

शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्‍याे भनेर धेरै कोणबाट कुरा पुराउने, संवाद गर्ने प्रयास गरेको तर शिक्षकहरु संवाद नै नगर्ने अडानमा रहेको झाँक्रीको भनाइ छ ।

शिक्षा ऐन अहिल्यै पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कँदैनौँ भनिरहेको अवस्थामा ऐन सडकबाट पास हुने हो र ? उहाँको प्रश्न छ ।

विद्यालय शिक्षा विधेयकको माग राख्दै शिक्षकहरुले गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलन गर्दै आएका छन् । आन्दोलनको आज १८ औं दिन भइसकेको छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखसँग शिक्षक महासङ्घका प्रतिनिधिको बेग्लाबेग्लै छलफलसमेत भएको थियो । आन्दोलन र वार्तासँगै अघि बढाउने शिक्षक महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया