आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

 वैशाख १०, २०८२ बुधबार ९:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदैछ । दिवसको नारा ‘दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका’ रहेको छ ।

सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ तारिखमा यो दिवस मनाउन पहल गरेको थियो ।

दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानून जानकारी र प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा छ ।

नेपालमा २०२२ सालमा प्रतिलिपिसम्बन्धी कानून लागू भएको थियो । आजको दिनले विश्व साहित्यमा समेत ऐतिहासिक महत्त्व राख्छ ।

विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर अनि इन्का गार्सिलासो डेला भेगाको आजकै दिन निधन भएको थियो ।

पहिला स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाउने गरिएको थियो । तर पछि उहाँको निधन पनि २३ अप्रिलमा भएपछि दिवसलाई सारिएको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया