सेनाद्वारा विद्यालयमा रङ्गरोगन तथा सरसफाइ

 असार २५, २०७९ शनिबार १३:२३:१० | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटी जिल्लामा तैनाथ रहेका नेपाली सेनाले पछिल्लो सयम विभिन्न सामाजिक क्षेत्रका कार्यहरुमा सहयोग गर्दै आएको छ । यसै सिलसिलामा आज नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर मातहत रहेको एक युनिट द्वारा यहाँको केआईसिंह गाउँपालिका–७ मा रहेको कलारै आधारभुत विद्यालयमा आफ्नै खर्चमा रङ्गरोगन तथा सरसफाइ गरिएको छ ।

त्यस विद्यालयमा लामो समयदेखि रङरोगन तथा सरसफाइ नहुँदा विद्यार्थीहरुको पढाइमा समेत असर पर्न थालेको भन्दै सेनाको टोलीले विद्यालय भवनमा आफ्नै खर्चद्वारा रङरोगन तथा सरसफाइ गरेको केआईसिंह गाउँपालिका–७ का स्थानीयवासी गगनबहादुर बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको टोलीलले विद्यालयमा रङ्गरोगन तथा सरसफाइ गरेपछि अहिले उक्त विद्यालय आकर्षक देखिएकाे छ ।

सेनाले आफ्नै खर्चमा विद्यालय भवनमा रङ्गरोगन तथा सरसफाइ गरेपछि अहिले त्यहाँका अभिभावकहरु पनि नेपाली सेनाप्रति निकै खुशी भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया