शेयर बजार १४.५३ अङ्कले घट्याे, ८ अर्ब ९१ कराेड रुपैयाँकाे का...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै - नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण कात्तिक १२ गतेदेखि सुरू हुने भएको छ । नेपालमा रहेको युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयेले हिभोनेटले यसवर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिनुभयो।
महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाण्डाैकाे चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ। त्यहाँ पाँच युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ।
महोत्सवमा रीता हुतानेन निर्देशित ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार निर्देशित ‘लोला’ र आराश टी रिहाहीले निर्देशन गर्नुभएको ‘अस्कर एण्ड लिली’ नेपाली सबटाइटलमा प्रदर्शन हुनेछ । महोत्सवमा सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, किरण श्रेष्ठ निर्देशित ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गर्नुभएको ‘गोर्खा गर्लस’ प्रदर्शन गरिनेछ।
चलचित्र निर्माणको विभिन्न पक्षसँग समबन्धित तीन पूरक क्रियाकलाप तथा अन्तरक्रिया हुने महोत्सवको सद्भावनादूत अभिनेत्री केकी अधिकारीले जानकारी दिनुभयो। महोत्सव अन्तर्गत प्रदर्शन हुने चलचित्रहरू वेबसाइटमार्फत निःशुल्क हेर्न पाइने आयोजकले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।