निजीका आवासीय डाक्टरलाई निर्णय भएको मितिदेखि नै सरकारी सरह ...
बैशाख १५, २०८२ सोमबार
मध्य चीनको हेनान प्रान्तमा १३ वर्षीया एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण परिवारको सम्पूर्ण बचत रकम सकिएकाे छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको बैंक खाताबाट गेम खेलेर ६४ हजार अमेरिकी डलर (८४ लाख रुपैयाँभन्दा धेरै) सकेकी हुन् । उनले १७ हजार डलर गेममा, २९ हजार डलर गेम एप्लिकेशन खरिद गर्न र १४ हजार डलर १० जना साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् ।
चार महिनाको अवधिमा याे रकम खर्च भएको हो । आमाको 'डेबिट कार्ड' प्रयोग गरेर मोबाइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो ।
समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्न सक्ने गरी आफ्नो डेबिट कार्ड पासवर्डसहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च गर्याे भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाइँ भन्न नसकेको जवाफ उनले दिएकी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।