८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर

 चैत १, २०८१ शुक्रबार १५:२०:३७ | रासस
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – बितेका आठ महिनामा सरकारले गरेको विकास खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कानुसार फागुन मसान्तसम्ममा पूँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशतमात्रै छ ।

सरकारले चालू आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन गरेकोमा अहिलेसम्म ८२ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरमात्रै खर्च भएको देखिन्छ ।

सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात् आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

चालू शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात् पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकाेमा ४७ दशमलव ०७ प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालू आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा अहिलेसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात् नौ अर्ब १६ करोड २५ लाख रुपैयाँ अनुदान लिएको अवस्था छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया