थप भन्सार बढाउने अमेरिकी धम्कीपछि चीनको कडा प्रतिक्रिया

 चैत २६, २०८१ मंगलबार १२:३६:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी कर नीतिमा चीनले दृढतापूर्वक जवाफी कदम चाल्ने प्रतिक्रिया दिएको छ । थप भन्सार बढाउने अमेरिकी धम्कीपछि चीनको कडा प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यसअघि घोषणा गरेको प्रतिशोधी कर फिर्ता नलिएमा थप ५० प्रतिशत कर लगाउने धम्की दिनुभएको थियो ।

राष्ट्रपति ट्रम्पको धम्कीपूर्ण र दबावमूलक व्यवहार कहिल्यै स्वीकार नगर्ने भन्दै चीनको वाणिज्य मन्त्रालयले अन्तसम्म लडिरहने प्रतिक्रिया सार्वजनिक गरेको हो । कर नीतिमा अमेरिकाले गल्तीमाथि गल्ती दोहोर्‍याइरहेको चीनको भनाइ छ ।

चीन र अमेरिकाबीचको गतिरोधले विश्वका दुई ठूला अर्थतन्त्र भएका राष्ट्रबीचको पूर्ण व्यापार युद्धको सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया