हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा
बैशाख १५, २०८२ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष उच्चस्तरीय वार्ता गर्न लागेको बताउनुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यस्तो आश्चर्यजनक घोषणा गर्दै उहाँले आउँदो शनिवार प्रत्यक्ष वार्ता गर्न लागेको जानकारी गराउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
ट्रम्पले इरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ठूलो खतरामा पर्ने चेतावनी दिनुभयो । इरानले पनि ओमानमा शनिवारका लागि छलफल तय भएको पुष्टि गरेको छ ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनुहुनेछ ।
यसैबीच इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताउनुभएको छ । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा इरानसँगको अघिल्लो सम्झौता रद्द गर्नुभएको थियो । अब कुनै नयाँ सम्झौता हुन नसकेमा अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।