शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरूरी सार्वजनिक म...
बैशाख १५, २०८२ सोमबार
महोत्तरी – नयाँ वर्ष २०८२ शुरू हुन केही दिन बाँकी छँदै मधेश प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरू भएको छ ।
महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन थालिएको छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा ‘जुडशीतल’ पर्व मनाइने मैथिल परम्परा छ । विभिन्न परिकार खाने र ख्वाइने यो पर्वमा खाद्य सामग्रीको जोहोसँगै हिलोधुलो खेलेर रमाइलो गरिन्छ ।
आउँदो सोमवार र मङ्गलवार यो पर्व मनाइन्छ । मिथिलामा वैशाख सङ्क्रान्तिका दिनदेखि भोलिपल्टसम्म दुई दिन ‘जुडशीतल’ पर्व मनाउने चलन छ । सङ्क्रान्तिको पहिलो दिनलाई ‘सतुवाइन’ र भोलिपल्ट अर्थात् वैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ ।
पहिलो दिनलाई ‘सतुवाइन’ भनिए पनि दुवै दिन ‘जुडशीतल’ पर्वकै दिन मानिन्छन् । पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु तथा माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ ।
बढ्दो गर्मीमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको हो ।
यसैगरी दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारमा आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ ।
बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । पर्व नजिकिँदै गर्दा मिथिलानी आ–आफ्ना घरआँगन सरसफाइ र लिपपोतमा लागेका छन् । ‘जुडशीतल’ पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना पनि गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।