१७ अर्ब ८६ कराेड रुपैयाँभन्दा धेरै अवैध कारोबार, २१ जना पक्राउ
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ ।
आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।