पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएकाे ठहरसहित संस...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – कर्णाली प्रदेशमा आउँदो वर्ष जेठमा तय भएको दशौं राष्ट्रिय खेलकुद नहुने भएको छ ।
दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौं राष्ट्रिय खेलकुद नहुने पक्का भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा भएको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाउनु भएको थियो ।
२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रममा दुई वर्षपछि २०८१ मङ्सिरमा दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो । तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।
आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्याइएको थियो । अब जेठमा पनि नहुने भएपछि दशौं राष्ट्रिय खेलकुद यो आर्थिक वर्षमा टरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।