हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा
बैशाख १५, २०८२ सोमबार
सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा एक सय जनाको ज्यान गएको छ । सुडानी अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले डार्फर क्षेत्रमा विस्थापित मानिसहरूका लागि बनाइएको अनिकालग्रस्त शिविरहरूमा गरेको आक्रमणमा २० बालबालिका र ९ सहायताकर्कीसहित एक सय जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
सुडानमा राष्ट्रसङ्घका आवासीय र मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेटा–सलामीले आरएसएफ र सहयोगी मिलिशियाहरूले जामजम र अबु शोरोक शिविर, नजिकैको शहर एल–फाशेर, उत्तरी डार्फर प्रान्तको प्रान्तीय राजधानीमा आक्रमण गरेका बताउनुभयो । जामजम शिविरमा बाँकी रहेका केही स्वास्थ्य चौकीहरूमध्ये एउटा सञ्चालन गर्ने क्रममा नौ जना सहायताकर्मी मारिएका खबरमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कानुसार जामजम र अबु शोरोकमा सात लाख जनाभन्दा धेरैले आश्रय लिइरहेका छन् । विश्वव्यापी भोकमरी निगरानी समूह, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) द्वारा अनिकाल पत्ता लागेको सुडानका पाँच क्षेत्रमध्ये जमजाम र अबु शोरोक समावेश छन् ।
युद्धका कारण सुडानको आधा जनसङ्ख्या झन्डै दुई करोड ५० लाख मानिसले चरम भोकमरीको सामना गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।