धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्...
बैशाख १५, २०८२ सोमबार
दाङ – जिल्ला प्रशासन कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरको बबई नदीमा सञ्चालन हुँदै आएको मोटरबोट रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आज लिखित आदेशमार्फत कानूनी प्रावधान पुरा नगर्दासम्म बबईमा डुङ्गा नचलाउन निर्देशन दिनुभएको छ ।
यसअघि मौखिक रूपमा पटक पटक नीतिगत शर्तहरू पालना गर्न निर्देशन दिइएको भए पनि कार्यान्वयन भएको थिएन । मोटरबोट सञ्चालनपछि नजिकैको झोलुङ्गे पुलमा अत्यधिक भीडभाड हुने हुँदा पुलसमेत जोखिममा परेको, सिँचाइमा असर परेको जस्ता कारणहरू देखाउँदै प्रशासनले बोटिङ रोक्न आदेश दिएको हो । त्यस्तै जलयात्रा नियमावली २०६३ तथा पर्यटन उद्योग प्रवाह निर्देशिका २०६३ एवम् प्रचलित कानून बमोजिमका प्रावधान पूरा नगर्दासम्म त्यस्तो कार्य नगर्न/नगराउन भनिएको छ ।
प्रशासनले जारी गरेको आदेशमा केही व्यक्तिले मोतीपुरको बबई नदीमा अवैध रूपमा अस्थायी बाँध बाँधी पानीको बहाव रोक्ने काम गरेको समेत उल्लेख छ । त्यस्तै प्रचलित कानून बमोजिम पर्यटन विभागबाट व्यवसाय दर्ता नगरी मोटरबोट सञ्चालन गरेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारीबाट लिखित आदेश भएको अवस्थामा त्यसको कार्यान्वयनका लागि प्रहरी खटिने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल ठकुरीले प्रशासनको आदेशानुसार तुलसीपुर उपमहानगरपालिकासँग समन्वय गरी मोतीपुरको बबईमा हुँदै आएको बोटिङ रोक्न प्रहरी खटिने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।