पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएकाे ठहरसहित संस...
बैशाख १५, २०८२ सोमबार
जुम्ला – जुम्लामा स्याउको बिरुवामा किरा लाग्न थालेको छ । तिला गाउँपालिका–४ नुवाकोटसहितका अग्लो क्षेत्रमा किसानका स्याउबारीमा बिरुवामा किरा लागेको हो ।
आफ्नो बगैँचामा अत्यधिक मात्रामा किरा लागेर हैरान बनाएको स्थानीय किसान निराजन गौतमले जानकारी दिनुभयो । उहाँले फल्ने र नफल्ने गरेर २५० स्याउका बिरुवा लगाएकामा किराले स्याउ बिरुवाको रुखमा जाली लगाएर बिरुवा नष्ट गरिरहेका बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयले किरा लागेको क्षेत्रमा अनुगमन गरेर कसरी समस्या समाधान गर्ने भनेर अगाडि बढ्ने बताएको छ ।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार कार्यालयमा प्राप्त जानकारी अनुसार किराको अध्ययन गर्न टोली जानुपर्ने अवस्था रहेकाले किसानसँग सहकार्य गरेर अवलोकनमा जाने तयारी भइरहेको छ ।
कृषि विकास कार्यालय जुम्लाका प्राविधिक लक्षिराम महतका अनुसार यो किरालाई पाल तड्ने किरा भनिन्छ । यो किराले स्याउको टुप्पोमा पाल तड्ने, रुखमै जालो बनाएर अण्डा पारेर किरा उत्पादन गर्ने र स्याउको पात तथा बिरुवा सखाप पार्ने गर्दछ । तिला–४ नुवाकोटमा रहेको महादेवमा रहेको बगैँचासँगै अन्य ठाउँमा पनि यस्तो समस्या देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।