कांग्रेसको निष्कर्ष– ‘सरकारको गति र गठबन्धनका दलबीच समन्वय बढाउनुपर्छ’

 वैशाख ४, २०८२ बिहीबार १५:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा सरकारको गति बढाउनुसँगै गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

गठबन्धन सरकार भन्नेबित्तिकै एउटै दलको मात्रै कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको उहाँकाे भनाइ छ । प्रवक्ता महतले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने काम नहुने पनि बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलले सरकार ढलिहालोस् भन्ने कामना गर्नु स्वाभाविक धर्म नै रहेको भन्दै महतले प्रचण्डले भनेको कुरामा टिप्पणी नरहेको तर उहाँले भन्दैमा सरकार ढल्ने र बन्ने कुरा नहुने उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया